काठमाडौं, मंसिर २० । साताको अन्तिम दिन बिहीबार सेयरबजार सामान्य अंकले सकरात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से साढे दुई अंकले धनात्मक रहेर ११ सय २० कायम भयो ।
बुधबार सेयर २२ अंकले ओरालो लागेको थियो ।
यसदिन बजारमा कारोबार भएका अधिकांश समूह सकरात्मक रहे । यसदिन उत्पादनमूलक र जलविद्युत् समूहबाहेक अरु समूह सकरात्मक रहे ।
यसदिन जीवनबिमा समूहमा सबैभन्दा उच्च ४४ अंकले वृद्धि भयो भने निर्जीवन बिमा समूह पनि ३५ अंकले उकालो लाग्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १३ लाख ७४ हजार कित्ता सेयर ३७ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्