२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


राष्ट्रियसभामा प्रदेश–१ बाट यी हुन् विजयी


0
Shares

विराटनगरस्थित वीरेन्द्र सभागृहमा बुधबार अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले ६ हजार २७० मत प्राप्त गरी विजयी भए ।

उनका निकटम् प्रतिद्वन्द्वीे नेपाली कांग्रेसका विनयकुमार विश्वकर्माले दुई हजार २३२ मत प्राप्त गरे ।

अल्पसंख्यक समूहबाट एमालेकै अगमप्रसाद बान्तवा विजयी भए । बान्तवाले ६ हजार १३८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश जाजुले दुई हजार ८९८ मतमात्रै प्राप्त गरेको प्रदेश नम्बर–१ का सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए ।

यसअघि, महिलाको तीन पद र खुलाको तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । कुल ८ पदमा एमालेका पाँच, कांग्रेसका दुई र नेकपा माओवादी केन्द्रका एकजना निर्वाचित भएका छन् ।

यसअघि, निर्विरोध निर्वाचित हुनेमा खुला समूहबाट एमालेका पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी र कांग्रेसबाट रमेशजंग रायमाझी छन् ।

त्यस्तै, महिला समूहबाट एमालेका नैनकला ओझा, माओवादी केन्द्रका विना पोखरेल र कांग्रेसका सरिता प्रसाइँ छन् । रासस