ईनरुवामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु • Image Khabar Image Khabar


ईनरुवामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


Imagekhabar
२७ माघ २०७४, शनिबार ०९:३२

ईनरुवामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्बरको उपचारका क्रमममा ईनरुवा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी सवार को३०प २९९३ नम्बरको मोटरसाइकल राति ९ः३० बजे ईनरुवा–९ बबियामा दुर्घटना भएको थियो ।

यसैगरी धरान–१३, कोशी राजमार्गमा शुक्रबार दिउँसो २ बजे को१ह ६२७१ नम्बरको टेम्पु र को१४प ५०३७ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलका चालक धरान–१६ बस्ने दिपक कुमार श्रेष्ठ घाइते भएका छन् । घाइते श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्