त्रिशूली नदीमा डुबेको जिपबाट सिंचाई सचिव यादवको शव निकालियो (भिडियो) • Image Khabar Image Khabar


त्रिशूली नदीमा डुबेको जिपबाट सिंचाई सचिव यादवको शव निकालियो (भिडियो)


Imagekhabar
२७ माघ २०७४, शनिबार १०:१९

त्रिशूली नदीमा डुबेको जिपबाट सिंचाई सचिव यादवको शव निकालियो (भिडियो)

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप आज बिहान अनियन्त्रित भएर त्रिशूली नदीमा खस्दा सचिव यादवको मृत्यु भएको छ ।

सचिव यादवको शव त्रिशूलीमा डुबेको जिपबाट निकालिएको हो । जिपमै सिट बेल्ट बाँधिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिपमा सवार यादवका छोरा सञ्जय र उनका आफन्त १५ वर्षीया उन्नति गुप्ता बेपत्ता भएका छन् ।

गाडी चालक निराजन यादवलाई भने उद्धार गरेर काठमाडौंको ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले जानकारी दिए ।

बेपत्ता अन्य दुई जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्