५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


धरान-हेटौडा सडक निर्माणका लागि सिन्धुलीमा मात्रै २४ हजार रुख कटान


0
Shares

सिन्धुली । सिन्धुली जिल्लामा सडकको निर्माण कार्यका लागि ठूलो संख्यामा रुख कटान गरिएको छ ।

सरकारले उच्च प्राथमिकतामा राखेको सडक आयोजना धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली, हेटौडा सडकको निर्माण कार्यका लागि सिन्धुली जिल्लाका विभिन्न सामुदायिक तथा सरकारी वन क्षेत्रमा २४ हजार रुख कटान गरिएको हो ।

सिन्धुली जिल्लाको हरिहरपुरगढी र मरिण गाउँपालिका त्यसैगरी कमलामाई र दुधौंली नगरपालिका क्षेत्रका विभिन्न सामुदायिक वन तथा सरकारी वन क्षेत्रबाट सडक आयोजनाले डिभिजन वन कार्यालय सिन्धुलीको सहमतिमा सो संख्यामा रुख कटान गरेको छ ।

कटान गरिएका रुखहरुमा अत्यधिक रुपमा सालका रुखहरु छन् भने केही मात्रामा साज, जामुन लगायतका रुखहरु रहेका छन् ।

गाउँपालिका र नगरपालिका क्षेत्रमा अत्यधिक रुख कटान गरिएपछि मानव बस्ती आसपास हरियाली लोप हुँदा वातावरणीय सन्तुलनमा समस्या आउने स्थानीयको गुनासो छ ।

निर्माण भैरहेको डबललेनको सो सडकको कुल लम्बाई ३ सय १८ किलो मिटर रहने जनाइएको छ ।

सडक क्षेत्रलाई दुई प्याकेज गरी निर्माणका कार्य तिब्रगतिमा संचालन भैरहेको छ ।