५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


लोकन्थलीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


0
Shares

भक्तपुर, मंसिर २० । भक्तपुरको लोकन्थलीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार राति पौने १२ बजे बा९३प १४१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर सडक किनारको रेलिङमा ठोक्किदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुरको सुर्यबिनायक बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ का २३ वर्षीय कुमार श्रेष्ठ छन् ।

उनको उपचारको क्रममा नागरिक अस्पताल गठ्ठाघरमा गएराति १२ः१५  बजे मृत्यु भएको हो । मोटरसाईकलमा पछाडि सवार सोही ठाउँका २५ वर्षीय राजकुमार श्रेष्ठको भने सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।