४ असार २०८२, बुधबार | Wed Jun 18 2025


नाइजेरियामा बोको हरामको कब्जामा रहेका १३ जना नागरिक मुक्त


0
Shares

गत बर्ष नाईजेरियाको मैदुगुरीमा तेल अन्वेषणमा रहेका उनीहरुलाई बोको हरामले कब्जामा लिएको थियो । कब्जा मुक्त हुनेमा १० जना महिला छन् ।

रेडक्रसको पहलमा उनीहरु रिहा भएको नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले जानकारी दिए । रिहा गरिएकालाई हेलिकप्टरबाट उद्धार गरी मैदुगुरी पु¥याइएको छ ।

उनीहरुलाई कब्जामुक्त गर्न बोको हरामले के कस्ता शर्त राखे भन्ने खुलाईएको छैन ।

नाइजेरियामा छुट्टै राज्यको माग गर्दै ८ बर्षदेखि संघर्षरत बोको हरामको आतंकबादी आक्रमणमा २० हजार सर्वसाधारण मारिइसकेका छन् ।

सन् २०१६ को अक्टोबरमा र सन् २०१७ को मे महिनामा रेडक्रसकै पहलमा बोको हरामको कब्जामा रहेका केही स्कुले बालिका रिहा भएका थिए ।

यसैबीच राष्ट्रपति बुहारीले नाइजेरियाली सेनालाई चिबोकबाट अपहरणमा परेका सय भन्दा बढी बालिकालाई घर फर्काउन ठोस कदम चाल्न निर्देशन दिएका छन् ।  (एजेन्सी)