
अंग्रेजीमा ‘फोर हर्न एन्टिलोप’ नामले चिनिने सो जनावर नेपालको संरक्षित स्तनधारी जनावरमध्ये एक हो । एन्टिलोप समूहमा पर्ने चौकाको दुई जोडी सिङ हुने बताइएको छ ।
सोमध्ये पछाडिको सिङ अगाडिको भन्दा लामो हुन्छ । नेपालमा हालसम्म यसको संख्या यकिन गर्न सकिएको छैन ।
वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जीवी खनालको नेतृत्वमा दाङमा वन्यजन्तु अनुसन्धान हुँदै आएको छ ।
सोही क्रममा दाङका विभिन्न वनमा स्वचालित क्यामरा पनि जडान गरिएको छ ।
हालसम्म नेपालका बर्दिया, बाँके, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा मात्र यसको अभिलेख गरिएको बताइएको छ ।
निकुञ्ज क्षेत्रभन्दा बाहिरको यो पहिलो अभिलेख हो ।
दाङमा विभिन्न समयमा दुर्लभ वन्यजन्तु भेटिँदै आएको छ र स्वचालित क्यामेराको प्रयोग गर्न थालिएपछि अनुसन्धानमा सफलता पाएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्