Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


खुकुरी प्रहार गरी श्रीमतीको हत्या, हत्यारा श्रीमान फरार


0
Shares

पथरी शनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन ।

पैनीमा डुबेर मृत्यु

यस्तै मोरङको रंगेली नगरपालिकामा पैनीमा शनिबार एक महिलाको रंगेली नगरपालिका–८ झमनपुरस्थित पैनीमा डुबेर मृत्यु भएको छ ।

रंगेली–९ बस्ने ५५ वर्षीया कामो ताजपुरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । रासस