२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सदरमुकाम सार्ने निर्णयविरुद्ध रुकुमकोटबासी आन्दोलित, आमहडतालको आह्वान


0
Shares

सरकारले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा १२ गोलखाडामा सार्ने निर्णय गरेको थियो । रुकुमकोट र सदरमुकामबासीले आमहडतालको आह्वान गरेका हुन् ।

प्रदर्शनकारीले सरकार र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै निर्णय सच्याउन माग गरेका छन् । जिल्लाका सबै सरकारी कार्यालय तथा यातायात, शैक्षिक सस्ंथालगायतका सेवा ठप्प पारिएको छ ।

सर्वोच्च अदालतले सरकारको निर्णयलाई तत्काल कार्यान्वयन गर्न रोक लगाउँदै आज दुबै पक्षलाई सर्वोच्चमा बोलाएको छ ।

रुकुमका सरोकारवाला निकायले भने सरकारले सदरमुकाम सार्ने निर्णय गरेर रुकुम पूर्वका जनतालाई मूठभेडमा उतार्न खोजेको आरोप लगाएका छन् ।

वर्तमान सरकारले नै पहिले रुकुमकोटलाई सदरमुकाम घोषणा गरेर पछि फेरि अर्को ठाउँमा सदरमुकाम सार्नु जनता लडाउनु खेल मात्र भएको उनीहरुले बताएका छन् ।