आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझायो • Image Khabar Image Khabar


आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझायो


Imagekhabar
२८ माघ २०७४, आईतवार १२:५८

आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझायो

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीन जनाबाहेक अरु ५६ जनाको नाम आयोगले राष्ट्रपति समक्ष पेश गरेको हो ।

राष्ट्रियसभाको निर्वाचनसँगै राजनीतिक दलले संघीय संसद्मा पुर्‍याउनुपर्ने ३३ प्रतिशत महिलाको कोटा निर्धारण भइसकेकाले निर्वाचन परिणाम बुझाउन समस्या नभएको आयोगको भनाइ छ ।

तीन जना मनोनयनको विषय राष्ट्रपतिको अधिकार रहेकाले आयोग त्यसमा प्रवेश नगर्ने प्रवक्ता नवराज ढकालको भनाइ छ ।

तीनजना मनोनयनका लागि भने सरकारले सिफारिस गरिसकेको छ ।

निर्वाचन आयोगले ढिलोमा फागुन ५ गतेभित्र प्रतिनिधिसभाको पनि अन्तिम निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउनेछ ।

दलहरुले समानुपातिकतर्फ निर्वाचित हुनेहरुको नाम भने भोलि साँझसम्म बुझाइसक्नुपर्नेछ ।

दलहरुले बुझाएका नाम कानुनी रुपमा ठीक भएमा सोमबार वा मंगलबारै अन्तिम परिणाम बुझाउने तयारी आयोगको छ ।

आयोगले प्रतिनिधिसभाका निर्वाचितहरुको अन्तिम परिणाम बुझाएसँगै नयाँ सरकार गठनको बाटो पनि खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्