काठमाडौं, मंसिर १९ । नेपाल धितोपत्र बोर्डले धितोपत्रसम्बन्धी विषयवस्तु माध्यमिक तथा विश्वविद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न पहल गरेको छ ।
धितोपत्रसम्बन्धी विषयवस्तु समावेश गर्ने/गराउने पहल तथा कार्यका लागि आवश्यक समन्वय तथा सहकार्यका लागि पाठयक्रम विकास केन्द्र, सबै विश्वविद्यालयका साथै लोकसेवा आयोगलाई अनुरोध गरिएको बोर्डले जनाएको छ ।
यसले गर्दा पाठ्यक्रमहरु समसामयिक तथा व्यवहार उपयोगी हुने र यसबाट लगानीकर्ताको हित संरक्षण तथा सशक्तिकरणमा सहयोग पुगी वित्तीय साक्षरताको स्तर अभिवृद्धि भइ धितोपत्रबजारको दीगो विकासमा सहयोग पुग्ने बोर्डको अपेक्षा रहेकोे छ ।









प्रतिक्रिया दिनुहोस्