Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


नेप्से २२ अंकले घटेर ११ सय १८ मा


0
Shares

काठमाडौं, मंसिर १९ । अघिल्लो दिन दोहोरो अंकले सकारात्मक रहेको सेयरबजार बुधबार पुनः उच्चदरले ओरालो लाग्यो ।

वाणिज्य बैंकहरुको उच्च ब्याजदरको प्रभाव बजारमा परेको विश्लेषण गरिएको छ ।

यसदिन नेप्से २२ अंकले घटेर ११ सय १८ मा आएर थामियो । कारोबार भएका सबै समूह ओरालो लागे ।

निर्जीवन बिमा समूहमा सबैभन्दा उच्च १८५ अंकको गिरावट आयो । जीवनबिमा समूह पनि ९६ अंकले झर्‍यो । विकास बैंक समूहमा ३३ अंक, लघुवित्त समूह ३० अंक, अन्यमा २८ अंक, उत्पादनमूलक समूहमा पनि २५ अंकको गिरावट आयो । जलविद्युत्, वाणिज्य बैंक र होटल समूह पनि दोहोरो अंकले झरे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीका ११ लाख ६८ हजार कित्ता सेयर ३७ करोड ७२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

Skip This