
आयोगले आज साँझ ५ बजेसम्म समानुपातिक सांसदहरुको सूची बुझाउन समय दिएको छ । समानुपातिक सांसदको सूची बनाउन दलहरु गृहकार्यमा लागेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी समानुपातिक सांसदको सूची बनाउने गृहकार्यमा जुटेका छन् ।
समानुपातिकतर्फ नेपाली कांग्रेसले ४० सिट पाएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम र राजपाले ६÷६ सिट पाएका छन् ।
४१ सिट पाएको नेकपा एमालेले भने हिजै निर्वाचन आयोगमा समानुपातिक सांसदको सूची पठाइसकेको छ ।
दलहरुले समानुपातिक सांसदको सूची बुझाइसकेपछि निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्