Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


इपीएल क्रिकेटको तयारी पूरा


0
Shares

काठमाडौं, मंसिर १९ । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

शनिबार हुने उद्घाटन खेलमा ललितपुर प्याट्रिएट्सले विराटनगर वारियर्ससँग खेल्नेछ ।

योपटक पनि प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । ती ६ टोलीहरुमा काठमाडौं किंग्स, ललितपुर प्याट्रिएट्स, भैरहवा ग्ल्याडिएटर्स, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारियर्स हुन् ।

इपीएल क्रिकेटमा सहभागी हरेक टोलीमा तीनजना विदेशी खेलाडी अनिवार्य गरिएको छ ।

योपटक इपीएलकै लागि आयरल्यान्डका केभिन ओब्रायन, युएईका रोहन मुस्तफा, हङकङका बाबर हयात र अंशुमान राथ, भारतका गौरव तमोर र सन्नी पटेल, नेदरल्यान्ड्सका रायन टेन डोच्टे, स्कटल्यान्डका केली कोट्जर, दक्षिण अफ्रिकाका रिचार्ड लेभीलगायतका खेलाडी काठमाडौं आउँदैछन् ।

टेस्ट तथा एकदिवसीय क्रिकेटमासमेत वर्चश्व बनाइसकेका खेलाडीहरुको आगमनले इपीएल क्रिकेटलाई बेग्लै उचाइमा पुर्‍याउने खेलाडीहरुको विश्वास रहेको छ ।