२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


डोलेश्वर महादेव मन्दिरमा शिवरात्रिको तयारी पूरा


0
Shares

डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएको हो ।

शिवरात्रिमा देश–विदेशबाट डोलेश्वर आउने साधु–सन्तलाई श्रेणीमा वर्गीकरण गरी दक्षिणा दिइने प्रचारप्रसार उपसमिति संयोजक एवं समितिका सचिव मोहन बल्लले जानकारी दिए ।

उनकाअनुसार ‘क’वर्गका साधुसन्तका लागि जनही एक हजार १११, ‘ख’ वर्गका लागि जनही ७७७ र ‘ग’ वर्गका लागि जनही ५५५ रुपैयाँ दक्षिण तथा प्रतिसाधुलाई एकथान कम्बल र एकथान धोती दिइनेछ ।

शिवरात्रि पर्व सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए ।

मन्दिरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराकोसमेत व्यवस्था गरिएको संयोजक बल्लले जानकारी दिए ।

त्यसैगरी, शिवरात्रिमा सर्वसाधारण भक्तजनका लागि मन्दिरको गर्भगृहमा प्रवेश गर्न चारै ढोका बिहान ४ बजेदेखि राति १२ बजेसम्म खुला गरिने जनाइएको छ ।