१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


दलहरुले समानुपातिक सूची बुझाए


0
Shares

निर्वाचन आयोगले यसअघि नै आयोगमा दलहरुले बुझाएको बन्दसूचीबाट नाम सिफारिस गर्न सोमबार अपराह्न ५ बजेसम्मको समय तोकेको थियो ।

आयोगले तोकेको समयसीमाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालले सांसदहरुको नाम सिफारिस गरेका हुन् ।

प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरमले ६ र राजपाले ६ सिट पाएका छन् ।

दलहरुले सिफारिस गरेका नामहरुको रुजु गरेपछि आयोगले सूचीलाई अन्तिमरुप दिनेछ । सूची त्रुटीपूर्ण भए सच्याउनका लागि दुई दिनको समय दिइनेछ ।

आयोगले प्रतिनिधिसभाको सम्पूर्ण मतपरिणाम ढिलोमा आगामी फागुन ५ गतेभित्र राष्ट्रपतिलाई बुझाइसक्ने तयारी गरेको छ ।