५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


समायोजन नमान्ने कर्मचारी सेवाबाट बर्खास्त : मन्त्री पण्डित


0
Shares

काठमाडौं, मंसिर १९ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनसम्बन्धी कानुन नमान्ने कर्मचारीलाई सेवाबाट हटाइने चेतावनी दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पण्डितले अबको तीन/चार दिनभित्रै कर्मचारी समायोजनसम्बन्धी कानुन आउन लागेको भन्दै अटेर गर्ने कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिए ।

नयाँ कानुनसँगै तीनै तहका कर्मचारी समायोजनको काम टुंगिने उनको भनाइ थियो ।

मन्त्री पण्डितले नयाँ कर्मचारी भर्ना प्रक्रियालाई पनि चाँडै नै अघि बढाइने जानकारी दिए ।

अर्को एक प्रसंगमा मन्त्री पण्डितले रेमिट्यान्सको भरमा मुलुकलाई चलाउने सोचमा सरकार नरहेको बताए ।

कार्यक्रममा अपांगता भएका व्यक्तिलाई सेतो छडी, वैशाखी र व्हीलचियर वितरण गरिएको थियो ।