१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अन्तर्राष्ट्रिय विमानस्थलनजिक आगोलागी, केहीबेर उडान प्रभावित


0
Shares

आन्तरिकतर्फको कार पार्किङनजिक गल्फ कोर्षसँगै रहेको फोहरको डंगुरमा अपराह्न ४ः३० बजे आगोलागी भएको थियो ।

आगोलागीका कारण ९ मिनेट विमानस्थलबाट हुने सबै उडान र अवतरण रोकिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

‘विमानस्थलको पश्चिम क्षेत्रको गल्फ कोर्षनजिकैको फोहरमा धुवाँको मुस्लो देखियो । लगत्तै विमानस्थलकै दमकलको सहायताले आगो नियन्त्रणमा लिइयो । अहिले सबै उडान सामान्यरुपमा सन्चालन भइरहेको छ’–उनले भने ।

प्रवक्ता ठाकुरकाअनुसार आगोलागीको यकिन कारण पत्ता नलागेपनि पशुपति क्षेत्रनजिकै भएको र आज शिवरात्रि पर्व परेकाले लागुऔषध दुर्व्यसनीकर्ताका कारण आगोलागी भएको हुनसक्ने अनुमान गरिएको छ । रासस