५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


भालुको आक्रमणबाट घाइते


0
Shares

धनगढी,  मंसिर १९ । डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छन् ।

घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताइन् । उनको शरीरभरि घाउ छ ।

यसैगरी बझाङको गुदुखाती गाउँमा भालुको आक्रमणबाट स्थानीयवासी ६० वर्षीया जरु धामी घाइते भएकी छन् । उनी घर नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेकी हुन् । आक्रमणबाट उनले एक आँखा गुमाउनुपरेको छ ।

गुदुखातीमा भालुको आक्रमणबाट थप तीनजना घाइते भएको पीडित महिलाले बताइन् । घाइतेलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको छ । (रासस)