
विश्वकर्मा मन्दिर नजिकै मंगलबार साँझ ६ बजे बा१८च २२४० नम्बरको कारको ठक्करबाट साइकलयात्री सुन्दर हरैचा नगरपालिका–३ का ४० बर्षीय विष्णु सुब्बाको मृत्यु भएको हो ।
कारको ठक्करबाट गम्भिर घाइते भई उपचारको क्रममा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा बेलुकी ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न कार चालकलाई ईलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्