२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नवराज सिलवाल मुद्दाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै धर्ना


0
Shares

काठमाडौं, फागुन २ । स्वतन्त्र नागरिक समूहले नेकपा एमालेका निर्वाचित सांसद तथा पूर्वडीआइजी नवराज सिलवालको मुद्दाको निष्पक्ष छानबिन हुनुपर्ने र उचित अनुसन्धान गर्नुपर्ने माग गर्दै बुधबार सरकारी वकिलको कार्यलयमा धर्ना दिएका छन् ।

कार्यसम्पादनको मूल्यांकन रिपोर्ट सिलवालसँग नहुने र राज्यको संयन्त्रले नै कार्यसम्पादन मूल्यांकन रिपोर्टमा परिवर्तन गरेको धर्नामा बसेकाहरुको भनाइ छ ।

स्वतन्त्र नागरिक समूहका अध्यक्ष पुरुषोत्तम आचार्यले अब बन्ने नयाँ सरकारले ‘गलत ढंगले आइजी भएका’ र कार्यसम्पादन मूल्यांकनमा परिवर्तन गर्न सहयोग पुर्‍याउने न्यायधिवक्तालार्ई कानुनी कारबाही गर्ने डरले सिलवालविरुद्ध कीर्ते मुद्दा दर्ता गर्न हतार गरेको आरोप लगाए ।

उनले मुद्दा दर्ता गर्न सरकारी वकिलहरुलाई दबाब दिइरहेको हुनाले आफूहरुले सांकेतिकरुपमा विरोध गरेको बताए ।

उनले यस्ता अनुचित कार्यहरु नरोकिए आफूहरुले आन्दोलन गर्ने चेतावनीसमेत दिए ।