Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


अस्ट्रेलिया हक्की विश्वकपको क्वाटरफाइनलमा


0
Shares

काठमाडौं । साविक विजेता अस्ट्रेलिया भारतको ओडिसामा जारी हक्की विश्वकपमा लगातार दोस्रो जित हात पार्दै क्वाटरफाइनलमा पुगेको छ ।

हिजो भएको समुह बी को खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ३-० ले हरायो । लगातार दोस्रो जितसँगै अस्ट्रेलियाले क्वाटरफाईनलमा ठाउँ बनाएको छ ।

उसको ६ अंक छ भने दोस्रो स्थानको चीनको २ अंक मात्रै छ । हिजो भएको खेलमा चीनले आयरल्याण्डसँग १–१ गोलको बराबरी खेल्यो ।

यसअघि समुहको पहिलो खेलमा इङ्ल्यान्डसँग पनि चीनले बराबरी नै खेलेको थियो । हक्की विश्वकपमा आज पनि दुई खेल हुनेछन् ।

नेपाली समय अनुसार बेलुकी सवा ५ बजे जर्मनी र नेदरल्याण्ड्स भिड्दा सवा सात बजे पाकिस्तानले मलेसियासँग खेल्नेछ ।