३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


सिलवाल अब ‘फरार अभियुक्त’, सरकारी वकिल कार्यालयमा मुद्दा पेस


0
Shares

काठमाडौं, फागुन ३ । एमाले सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते मुद्दा प्रहरीले अनुसन्धानपछि बुधबार सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

मुद्दा पेस भएसँगै सिलवाल कानूनी रुपमा फरार अभियुक्त भएका छन् । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले सिलवालविरुद्धको किर्ते मुद्दा सरकारी वकिल कार्यालयमा पेस भएको बताए ।

महान्यायाधिवक्ता भण्डारीले मुद्दा पेसपछि सिलवाल कानूनी रुपमा पनि फरार अभियुक्त बनेको बताए । उनका अनुसार प्रहरीले अनुसन्धान सकेर मुद्दा बुझाए पनि अभियोगपत्र अदालतमा पेस गर्ने–नगर्ने विषय भने सरकारी वकिल कार्यालयले निर्धारण गर्नेछ ।

अधिवक्त भाइराज राइका अनुसार मुद्दा सरकारी वकिलको कार्यालयमा पेस भएलगत्तै सिलवाल कानूनी रुपमा फरार अभियुक्त करार भएका छन् । तर, उनको सांसद पद भने तत्कालका लागि निलम्वनमा पर्दैन । –नयाँ पत्रिका दैनिकबाट