काठमाडौं, मंसिर १८ । आइएमई जनरल इन्स्योरेन्स र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंकबीच बिमा सेवा सम्झौता भएको छ ।
दुई संस्थाबीच दुर्घटना बिमा तथा औषधोपचार बिमा सेवा सम्झौता भएको जनाइएको हो ।
यस सम्झौतापश्चात् बैकले आफ्ना खातावाला ग्राहकहरुलाई निःशुल्करुपमा १० लाख रुपैयाँ बराबरको दुर्घटना बिमा र २५ हजार रुपैयाँ बराबरको औषधोपचार बिमा आइएमई जनरल इन्स्योरेन्सबाट प्रदान गर्ने भएको छ ।









प्रतिक्रिया दिनुहोस्