
काठमाडौं, मंसिर १८ । अघिल्लो दिन मात्र हरियो रहेको सेयरबजारमा मंगलबार दोहोरो अंकको सुधार आयो ।
बजार परिसूचक नेप्से साढे १० अंकले सकारात्मक रहेर ११ सय ४२ कायम भएर थामियो ।
कारोबार सुरुआती समयदेखि सामान्य दरले उकालो लागेको नेप्से अन्तिम क्षणमा तीव्रदरले उकालो लागेर थामिएको हो ।
कारोबार भने अघिल्लो दिनको तुलनामा खुम्चियो ।
यसदिन व्यापार र होटल समूह सामान्य अंकले रातो रहेबाहेक अरु सबै समूह सकारात्मक रहे ।
यसदिन विकास बैंक समूह सबैभन्दा उच्च ३२ अंकले उकालो लाग्यो । जीवनबिमा र अन्य समूह पनि दोहोरो अंकले बढे । अरु सामान्य अंकले सकारात्मक रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीका १२ लाख २२ हजार कित्ता सेयर ३८ करोड २६ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्