
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बिहीबार तोलामा ५०० ले उकालो लागेर तोलाको ५७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य भने स्थीर रहेर तोलाको ७५० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १३ सय ६२ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्