Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


एपीएफ टिमद्वारा एनआरटी पराजित


0
Shares

काठमाडौं, मंसिर १८ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ टिमले न्यूरोड टिम ‘एनआरटी’लाई २–१ ले पराजित गरेको छ ।

आज भएको छैटौं चरणको पहिलो खेलमा एपीएफलाई विजयी गराउन युवराज खड्का र सुदिप शिखाकारले १–१ गोल गरे । पराजित टोली एनआरटीका लागि राजेश परियारले एक गोल फर्काए ।

जितसँगै एपिएफ टिम अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । ६ खेलबाट उसको ७ अंक भएको छ ।

पराजित टोली एनआरटी भने १ अंकसहित तालिकाको पुछारमा छ ।

पाँच खेलबाट १५ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लव शीर्ष स्थानमा रहँदा १३ अंकसहित त्रिभुवन आर्मी क्लव दोस्रो तथा १२ अंक जोडेका थ्रीस्टार र संकटा क्लब क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

आजको दोस्रो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबसँग खेल्दैछ ।