५ भाद्र २०८२, बिहिबार | Fri Aug 22 2025


जिपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


0
Shares

पर्सा, मंसिर १८ । वीरगञ्ज–पोखरिया सडक खण्डमा पर्ने गर्दौलमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

पोखरिया नगरपालिका–९ गर्दौलमा विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा सोही नगरपालिका बैरियाविर्ता निवासी मोटरसाइकल चालक रामनारायण मुखिया विणको मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

जिप चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको ढकालले बताए । (रासस)