२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सातामा सुन र चाँदीको मूल्यमा वृद्धि


0
Shares

आइतबार तोलाको ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा तोलामा १२०० ले बढेर तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा २०० ले उकालो लागेको सुन मंगलबार स्थीर रह्यो । बुधबार भने तोलामा ४०० ले बढेर तोलाको ५७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार सुनको मूल्य पुनः तोलामा ५०० ले उकालो लागेर तोलाको ५७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, साताको पहिलो दिन तोलाको ७३५ रुपैयाँमा कारोबार भएको चाँदी अन्तिम दिनसम्म आइपुग्दा तोलामा १५ रुपैयाँले बढेर तोलाको ७५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।