५ भाद्र २०८२, बिहिबार | Fri Aug 22 2025


ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच


0
Shares

ताप्लेजुङ, मंसिर १८ । पहाडी जिल्ला ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको छ ।

भौगोलिक रुपले केही विकट मिक्वाखोला गाउँपालिकामा सवारी साधन पुगेसँगै जिल्लामा यातायातको पहुँच सहज भएको हो । सदरमुकाम फुङलिङ नगरपालिकासँग जोडिएको मिक्वाखोला गाउँपालिकामा तमोर नदी हुँदै सडक जोडिएसँगै जिल्लाका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको हो ।

तमोरमा १२ वटा ह्युम पाइप राखेर सडक सञ्जाल जोडिएसँगै मिक्वाखोलाका स्थानीय उत्साहित भएका छन् । बजारसम्म आवतजावत गर्न, बिरामी हुँदा अस्पताल पुग्न र उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज हुने स्थानीयको भनाइ छ ।

मिक्वाखोलाको वडा नं. १, २ र ३ सम्म सडक विस्तार भएको छ । तमोर नदीमा ह्युम पाइप राखिएको स्थानमा सानिमा हाइड्रोपावरले मोटरेबल पुल निर्माण गरिरहेको छ । पुल निर्माणको काम दुई महिनाभित्रै सकिने बताइएको छ ।