५ भाद्र २०८२, बिहिबार | Fri Aug 22 2025


ज्येष्ठ नागरिकलाई औषधि उपचार खर्चबापत जनही ५ हजार रुपैयाँ


0
Shares

फिदिम, मंसिर १८ । पाँचथरको फिदिम नगरपालिकाले ८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई औषधि उपचार खर्चबापत जनही ५ हजार रुपैयाँ प्रदान गरेको छ ।

अहिलेसम्म ९६ जनाले औषधि उपचार खर्च लिएको फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले जानकारी दिए ।

नगरपालिकाले १४ वडाका ज्येष्ठ नागरिकका लागि ५ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । अब नगरपालिका आउन नसक्ने ज्येष्ठ नागरिकका लागि वडा कार्यालयमै गएर रकम वितरण गर्ने तयारी नगरपालिकाले गरेको छ ।