५ भाद्र २०८२, बिहिबार | Fri Aug 22 2025


तिनाउ नदीमा मोटरसाइकल खस्दा एकजनाको मृत्यु


0
Shares

बुटवल, मंसिर १८ । बुटवल–तानसेन सडक खण्डमा पर्ने पाल्पाको  तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै चालकसहित एउटा मोटरसाईकल तिनाउ नदीमा खस्दा एकजनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार लु३०प ४१९३ नम्बरको मोटरसाइकल तिनाउ नदीमा खसेको हो ।

दुर्घटनामा उक्त मोटरसाइकलमा सवार तानसेन–९ मदनपोखराका गणेश रेग्मी क्षेत्रीको मृत्यु भएको जनाइएको छ ।