
काठमाडौं, मंसिर १७ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको छ ।
सोमबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर दुई/दुई रुपैयाँका दरले मूल्य घटाइएको हो ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकाभित्र पेट्रोल प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ पर्नेछ ।
झापा, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलबारी, नेपालगन्ज र धनगढीमा भने पेट्रोल प्रतिलिटर ११० रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ ५० पैसा पर्ने जनाइएको छ ।
दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य ९८ रुपैयाँ ५० पैसा तोकिएको छ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको छ ।
प्रतिक्रिया दिनुहोस्