५ भाद्र २०८२, बिहिबार | Fri Aug 22 2025


अपांगता भएकाहरुले न्यूनतम् मानवीय हैसियतसमेत नपाएको भन्दै खिन्नता


0
Shares

सुशनसर्जन रामदाम र रक्षा बज्राचार्य (इमेज)

काठमाडौं, मंसिर १७ । २७औं अन्तर्राष्ट्रिय अपांगता दिवस सोमबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

अपागंता भएका व्यक्तिहरुको सशक्तिकरण र समानताको नारा उठिरहेका बेला नेपालमा भने अपागंता भएका व्यक्तिहरुले अधिकार त परै जाओस् मानवीय व्यवहारसमेत नगरिएको भन्दै चित्त दुखाएका छन् ।

नेपालमा सबै प्रकारका गरी ३० लाखको हाराहारीमा अपांगता भएका व्यक्तिहरु रहेको संघ–संस्थाको आंकडा छ ।

सामजिक, आर्थिक र राजनीतिक अधिकार त परै जाओस्, अपांगता भएकाहरुले राज्यमा न्यूनतम् मानवीय हैसियतसमेत नपाएको भन्दै खिन्नता प्रकट गरेका छन् ।

संवैधानिकरुपमा राज्यका विभिन्न तहमा अपांगता भएकाहरुको प्रतिनिधित्वको ‘ग्यारेन्टी’ गरिएको छ ।

तर, आफूहरु कस्टपूर्ण जीवन र हाँसीमजाकको पात्रकैरुपमा आफूहरुले संघर्ष गर्नुपरेको उनीहरुको गुनासो छ ।

चुनावी नाराहरुमा अपांगता अधिकारको विषयमा चर्को नारा लगाएपनि व्यवहारमा कहिले पनि लागू हुन नसकेको उनीहरुको गुनासो छ ।

सहयोगी सेवा, अपागंमैत्री पूर्वाधार, रोजगारीको व्यवस्थापन अपांगत भएका व्यक्तिहरुका लागि प्रमुख आवश्यकता रहेको राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष भोजराज श्रेष्ठ बताउँछन् ।

अपांगता भएकाहरुलाई राज्यको मूलप्रवाहमा ल्याएर सम्मानित नागरिककारुपमा जीउने हैसियत बनाउन सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्