काठमाडौं, मंसिर १७ । नेपाल धितोपत्र बोर्डले काठमाडौं उपत्यकाबाहिर धितोपत्र दलाल व्यवसायी थप्ने व्यवस्था मिलाउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ ।
बोर्डले सोमबार विज्ञप्ति जारी गरी संघीय संरचनाअनुसार स्थानीयस्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न आवश्यक कार्य अगाडि बढाउन नेप्सेलाई निर्देशन दिएको जनाएको हो ।
धितोपत्रको प्राथमिक बजार ७७ जिल्लामा विस्तार भइसकेको परिप्रेक्ष्यमा उल्लेखित व्यवस्था कार्यान्वयनमा आएपश्चात् स्थानीयस्तरमा रोजगारीको स्तर वृद्धि हुने तथा धितोपत्रको दोस्रो बजार कारोबार सुविधासमेत देशव्यापीरुपमा विस्तार भइ समग्र पुँजीबजारको दायरा फराकिलो हुने बोर्डको विश्वास रहेको छ ।









प्रतिक्रिया दिनुहोस्