
काठमाडौं, मंसिर १७ । नेपाल र बंगलादेशबीच द्धिपक्षीय व्यापार र ऊर्जासम्बन्धी सचिवस्तरीय बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।
दुई दिनसम्म चल्ने बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेश घिमिरे र बंगलादेशका तर्फबाट ऊर्जा मन्त्रालयका ऊर्जा विभाग सचिव अहमद काइकसले नेतृत्व गरेका छन् ।
बैठकमा अन्तरदेशीय प्रसारणलाइन तथा प्रसारण संयन्त्रका विषयमा छलफल हुनुका साथै विद्युत् व्यापारकाबारेमा छलफल हुने जनाइएको छ ।
यसका साथै, नवीकरणीय ऊर्जा, नेपालको जलविद्युत्को क्षेत्रमा बंगलादेशको लगानी एवं बंगलादेशले विद्युत् खरिद गर्ने विषय पनि बैठकका एजेन्डा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्