१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


सोमबार सेयरबजार हरियो


0
Shares

काठमाडौं, मंसिर १७ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार सोमबार हरियोसम्म रहेर थामियो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से १ अंक बराबरले सकारात्मक रहेर ११ सय ३१ कायम भएर थामिएको हो ।

मध्याह्न केही समय उच्चदरले उकालो लागेर १३ अंकले बढेर ११ सय ४३ पुगेको नेप्से त्यसयता ओरालो लागेर नगन्य अंकलेमात्र हरियो रहेर थामिएको हो ।

यसदिन कारोबारमा भने सुधार आयो ।

निर्जीवन बिमा, जीवनबिमा, विकास बैंक र अन्य समूह सकारात्मक रहेसँगै अरु समूह ओरालो लाग्दा पनि नेप्से सकारात्मक रहन पुगेको हो ।

निर्जीवन बिमा समूहमा ९२ अंकको वृद्धि आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीका २१ लाख ४० हजार बराबर कित्ता सेयर ६३ करोड ८० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।