
नेपाली उद्योगीहरुले आत्मनिर्भरताको नामममा सिन्डिकेट लाद्न खोजेको संघको आरोप छ ।
वि.सं. २०३० सालमा स्थापना भएदेखि नै अन्तर्राष्ट्रिय मापदन्डका गुणस्तरीय औषधिहरु विदेशबाट आयात गरी सर्वसुलभरुपमा बिक्री–वितरण गर्दै आएको एनसीडीएले औषधि आयात रोक्नुपर्ने कारणको चित्तबुझ्दो जवाफ दिन चुनौतीसमेत दिएको छ ।
उही औषधि नेपाली उत्पादकहरुलेभन्दा सस्तो मूल्यमा जनतालाई दिइरहेको दाबी गर्दै संघले नेपाली जनताले सस्तोमा गुणस्तरीय औषधि प्रयोग गर्न नै नपाउने सिन्डिकेट लाद्न खोजिएको आरोप लगाएको छ ।
एनसीडीएले स्वदेशी औषधि उद्योगहरुले आत्मनिर्भरको नाममा विदेशबाट आयत हुँदै आएका औषधिहरु बन्द गराएर जनतालाई महँगोमा नेपाली औषधि भिडाउन खोजेको भन्दै त्यसको विरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्