राजनीतिमा लागेको ३ दशकपछि ओली र दाहालबीच भारतमा यसरी भएको थियो पहिलो भेट • Image Khabar Image Khabar


राजनीतिमा लागेको ३ दशकपछि ओली र दाहालबीच भारतमा यसरी भएको थियो पहिलो भेट


Imagekhabar
८ फाल्गुन २०७४, मंगलवार ०६:२७

राजनीतिमा लागेको ३ दशकपछि ओली र दाहालबीच भारतमा यसरी भएको थियो पहिलो भेट

नेपालका सबैजसो वाम पार्टीलाई संविधानसभाको एजेन्डामा सहमत गराउने उद्देश्यले माओवादीले त्यसबेला सिलिगुडीमा दुई दिनसम्म बृहत् कम्युनिस्टको वार्ता र संवाद चलाएको थियो । त्यहीबेला ओली–दाहालबीच सिलिगुडीमा प्रत्यक्ष भेट र संवाद भएको थियो ।

त्यसबेला ओलीसँगको भेटका सन्दर्भमा एक मिडियासँग दाहालले ओलीले त्यसबेला आफूलाई व्यक्त गरेको भनाइ स्मरण गर्दै भनेका थिए, ‘तपाईं (दाहाल) अलि जन्ड–जन्ड खालको हुनुहोला भनेको त पूरै सामान्य किसिमको नेता हुनुहुँदो रहेछ ।’

ओली माओवादीले चलाएको सशस्त्र संघर्षका कटु आलोचक थिए । त्यही भएर पनि एमालेकै वामदेव गौतम, माधव नेपाल, झलनाथ खनाललगायत नेतासँग संवाद भइरहँदासमेत ओलीसँग दाहालको संवाद भएन । जनयुद्धकालदेखि शान्ति प्रक्रियासम्म ओली र दाहालबीच खासै संवाद भएन । ओलीले माओवादीप्रति तिखो आलोचना गर्ने भएकै कारण दुई नेताले एक–अर्कासँगको संवादलाई महत्वव पनि दिएनन् । यसो हुनुमा दुवै नेतामा एक–अर्काप्रतिको ‘फोबिया’ ले पनि काम गरेको मान्नेहरू अहिले पनि दुवै पार्टीभित्र छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्