केशव भण्डारी (इमेज)
बुटवल, मंसिर १७ । प्रदेश नम्बर–५ को हिउँदे अधिवेशन यही मंसिर २६ गतेदेखि सुरू हुने भएको छ ।
प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले २६ गतेदेखि प्रदेशसभा बैठक आह्वान गर्नका लागि प्रदेशप्रमुख उमाकन्त झालाई अनुरोध गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।
यस्तै, प्रदेश–५ को मन्त्रिपरिषद बैठकले सार्वजनिक खरिदसम्बन्धी अन्तरिम कार्यविधि २०७५ स्वीकृत गरेको छ ।
बैठकले सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदानसमेत गरेको छ ।








प्रतिक्रिया दिनुहोस्