Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


‘ए’ डिभिजन लिगमा मंगलबारदेखि छैटौं चरणका खेलहरु


0
Shares

काठमाडौं, मंसिर १७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबारदेखि छैटौं चरणका खेलहरु सुरु हुँदैछन् ।

पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले बिहान ११ बजे न्यूरोड टिम (एनआरटी)सित खेल्दैछ ।

त्यसैगरी, मंगलबारै दोस्रो खेलमा दिउँसो साढे २ बजे नेपाल पुलिस क्लब र संकटा क्लब खेल्दैछन् ।

लिगमा पाँचौं चरणको समाप्तिसम्म १५ अंकसहित मनाङ–मर्स्याङ्दी क्लब शीर्ष स्थानमा रहँदा १३ अंकको त्रिभुवन आर्मी क्लब दोस्रो तथा समान १२ अंकका थ्रीस्टार र संकटा क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

समान १० अंकका पुलिस र हिमालयन शेर्पा क्लब क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।

६ अंकको सरस्वती युथ क्लब सातौं स्थानमा रहँदा समान ४ अंकका च्यासल युथ, फ्रेन्ड्स क्लब, जावलाखेल युथ र सशस्त्र प्रहरी क्रमशः आठौंदेखि ११ औं स्थानमा छन् ।

३ अंकको ब्रिगेड ब्वाइज १२औं, २ अंकको मच्छिन्द्र १३औं तथा १ अंकको एनआरटी पुछारमा छ ।

मंगलबार सशस्त्र जितले सातौं स्थानमा पुग्नेछ भने एनआरटीले जिते दुई स्थान सुधार गर्नेछ ।

त्यस्तै, अर्को खेलमा पुलिसले जित्दा कम्तीमा तेस्रो स्थान पक्का गर्नेछ भने संकटा जितले दोस्रो स्थानमा पुग्नेछ ।