
कोकाकोला नेपालद्वारा मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम् रुस जाम्’ भन्ने अफरअन्तर्गत् भाग्यशाली उपभोक्तालाई सम्पूर्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजक राष्ट्रका देशीय निर्देशक अम्बुज सिंहले बताए ।
उनले फिफासँग विगत ४० वर्षदेखि सहकार्य गर्दै आएको बताउँदै उक्त अफरअन्तर्गत् १२ हजार ६०० विजेताले फिफाको लोगोअंकित विशेष उपहारसमेत जित्नसक्ने बताए ।
‘कोक खाम् रुस जाम्’ भन्ने ‘क्याम्पेन’ फेब्रुअरी १५ देखि अप्रिल १५ सम्म लागू हुनेछ । यस योजनामा कोकको पछाडि १० अंकको ‘युनिक कोड’ राखिएको हुन्छ, जसलाई ३७७२२ मा एसएमएसमार्फत् पठाएर आफ्नो विश्वकप हेर्ने सपना पूरा गर्न सकिनेछ ।
उक्त अफर कोक, फेन्टा, ओरेन्ज फेन्टा, लेमोन तथा स्प्राइटमा लागू हुनेछ । यसमा १८ वर्ष पूरा भएका नेपाली नागरिकलेमात्र भाग लिन पाउने आयोजकको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्