दोलखा, फागुन ९ । दोलखाका भूकम्प प्रभावितहरुले सरकारी अनुदान लिन समस्या भएको गुनासो गरेका छन् ।
भूकम्प गएको तीन वर्षपछि पनि सरकारी अनुदान लिन समस्या भएको उनीहरुको गुनासो छ । प्रभावितहरुले धमाधम निजी आवास निर्माण गरिरहेका छन् ।
तर, झन्झटिलो प्रक्रियाका कारण अनुदान लिन आफूहरुले नसकेको उनीहरुको गुनासो छ ।
कतिपयले पहिलो किस्तावापतको रकम लिए पनि त्यसपछिका किस्ता लिन नसकेकाले निर्माणाधीन घर अलपत्र छाड्नु परेको बताए ।
कतिपयले घर निर्माण गरिसकेपछि प्राविधिकको अभावमा नापचाँज नभएकाले अनुदान लिन नसकेको बताएका छन् ।
घर बनिसके पनि प्राविधिक नापजाँच, घरको फोटो, सिफारिस, प्रमाणीकरण, निकासा र अन्त्यमा बैंकसम्म अनुदान आइपुग्न ४ महिनाभन्दा बढी समय लाग्दा आफूहरु समस्यामा परेको उनीहरुको भनाइ छ ।
दोलखामा ६२ हजार ६ सय ३३ जना लाभग्राही रहेको पनि हालसम्म २७ हजार ६ सय ५ जनाले घर निर्माणको काम सुरु गरेको पुनर्निर्माण प्राधिकरण दोलखाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्