पाकिस्तानले नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा सहयोग गर्ने • Image Khabar Image Khabar


पाकिस्तानले नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा सहयोग गर्ने


Imagekhabar
९ फाल्गुन २०७४, बुधबार १६:५७

पाकिस्तानले नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा सहयोग गर्ने

नेपालस्थित पाकिस्तानी दूतावासले बुधबार काठमाडौंमा विद्यालयस्तरीय निबन्ध तथा वक्तृत्वकला प्रतियोगिताका विद्यार्थीलाई सम्मान गर्न गरेको कार्यक्रममा पाकिस्तानी राजदूत मंजहर जामेदले शिक्षाको पहुँच नपुगेका ग्रामीण क्षेत्रमा पाकिस्तान सरकारले सहयोग गर्ने बताए ।

नेपाल–पाकिस्तान फ्रेन्डसिप एन्ड कल्चर एसोसियसनका अध्यक्ष हिमालयशमशेर राणाले नेपाल–पाकिस्तानको सम्बन्ध शिक्षा क्षेत्रबाट जोडिने बताए ।

उनले दक्षिण एसियाको शैक्षिक क्षेत्रको विकासका लागि पाकिस्तान सरकारले महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपालको शिक्षा क्षेत्रमा पनि सहयोग आवश्यक रहेको बताए ।

प्रतियोगितामा नेपालका १ हजार ५०० विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई राजदूत जामेद र एसोसिएसनका अध्यक्ष राणाले नगद पुरस्कारसहित पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्