Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


माथिल्लो सान्जेन जलविद्युत् आयोजनाले आगामी असोजदेखि उत्पादन थाल्ने


0
Shares

रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माणाधीन १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाले आगामी असोजदेखि उत्पादन थाल्ने भएको छ ।

आयोजनाले अहिले सुरुङ तथा पेनस्टक निर्माणको काम सकेसँगै पावर हाउसको काम सुरु गरेकोे छ । आयोजनाले ३ सय ५० मिटर पेनस्टकमा पाइप राख्नुपर्ने काम गरिरहेको छ ।

२०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य लिई काम अगाडि बढाए पनि कामदारदारको अभाव, स्थानीयको माग, भूकम्प तथा नाकाबन्दीले सामग्री अभावलगायतका समस्याले काम ढिलाइ भएपछि तीन पटक म्याद थप गरेर आयोजनाले अहिले कामलाई तीब्रता दिएको बताइएको छ ।

आयोजना प्रमुख सुदनसिंह महतका अनुसार २०७६ असोजमा उत्पादन सुरु गर्ने गरी निर्माणको काम भइरहेकोे छ ।

आयोजनाको सिभिलतर्फ ७५, इलेक्ट्रोमेकानिकलतर्फ ६० र हाइड्रोमेकानिकलतर्फ ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।

Skip This