सुनको भाउ ओरालो, चाँदीको स्थीर • Image Khabar Image Khabar


सुनको भाउ ओरालो, चाँदीको स्थीर


Imagekhabar
९ फाल्गुन २०७४, बुधबार २०:१२

सुनको भाउ ओरालो, चाँदीको स्थीर

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले ओरालो लागेर तोलाको ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार पनि तोलामा २०० ले नै कमी आएर तोलाको ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ भने तोलाको ७४० रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १३ सय ३० डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्