सल्लीबजारमा थपिए अटो रिक्सा, भाडा महँगो भएको गुनासो • Image Khabar Image Khabar


सल्लीबजारमा थपिए अटो रिक्सा, भाडा महँगो भएको गुनासो


Imagekhabar
१० फाल्गुन २०७४, बिहीबार १०:३०

सल्लीबजारमा थपिए अटो रिक्सा, भाडा महँगो भएको गुनासो

सल्यान, असोज १० । सल्यानको सल्लीबजार क्षेत्रमा अटो रिक्सा थपिने क्रम बढ्दै गएको छ ।

वन्गाड कुपिण्डे नगरपालिकाको मुख्य बजारको रुपमा रहेको सल्लीबजारमा पछिल्लो समय एक दर्जन बढि अटो रिक्सा सञ्चालनमा छन् ।

अटोको संख्या वृद्धि भएसंगै यात्रुहरुलाइ आवतजावतमा निकै समिलो भएको छ ।

अटोले वजारमा किनमेल गर्नेहरु र अफ्ठेरो अवस्थामा विरामीलाई अस्पताल सम्म लैजन समेत सजिलो बनाइदिएको स्थानीयहरु बताउँछन् ।

अटो रिक्सा सञ्चालनमा आएपछि यस क्षेत्रका वासिन्दालाई छोटो यात्राका गर्न सहज बन्दै गएको हो ।

स्थानीय तहमा अटो रिक्साले यात्रुलाई सेवा सहज रुपमा दिने र रिक्साको प्रयोग गर्दा काम छिटो छरितो रुपमा सम्पादन गर्न सकिने यात्रुहरुको भनाई छ ।

अटो रिक्साल सिम्ता क्षेत्र र सल्लीवजारका आसपासका क्षेत्रमा आवत जावतमा सुविधा दिएको छ ।

सल्लीवजार देखि आँमखोली, सुर्खेत राकम, जामुने वजार, वालुवासँग्रहि, ढोरपिपल लगाएतका क्षेत्रमा विशेष रुट कायम गरि अटो सञ्चालन गरिएको छ ।

यात्रुहरु रिक्सामा यात्रा गर्न पाउँदा खुसी बन्दै गएको चालक बताउँछन् ।

नजिकको दुरी तथा बन्गाड कुपिण्डे नगरपालीका र सिम्ता गाउँपालीकाका स्थानीयलाई जतिसुकै समयमा भए पनि सुविधा दिने भएकोले स्थानीयले अटो रिक्सालाई भरपर्दो सुविधाका रुपमा लिन थालेका छन् ।

लामो समयसम्म गाडी कुर्नुपर्ने बाध्यता अटो रिक्सा सञ्चालनमा आएसंगै हटेको छ ।

यद्यपि अटो भित्रिए पनि सडकको स्तर उन्नती नहुदाँ केही समस्या पर्ने गरेको अटो सञ्चालकहरुले बताउँछन् । कच्ची बाटाहरुमा अटोबाट आवत जावत गर्न खतरा देखिन्छ ।

नगरका धेरै ग्रामीण वस्ती र मुख्य सडकहरु स्तरउन्नती नहुदाँ व्यवसायीले खासै मुनाफा नभएको बताउँछन् ।

कच्ची सडकहरुमा दैनिक दिन गुडाउनु पर्दा इन्जिनमा ठुलो असर पार्ने भएकाले भाडा महंगो लिनुपरेको उनीहरुले बताउने गरेका छन् ।

यसैबीच स्थानीयहरुले अटो रिक्साको भाडामा एकरुपता ल्याउन माग गरेका छन् । कतिपय अवस्थामा आफुहरुले चर्को मुल्य तिर्नुपरेको यात्रुहरुको गुनासो छ ।

अटोलाई व्यवस्थीत ढंगबाट सञ्चालन गर्ने हो भने यात्रुहरु मारमा नपर्ने स्थानीयको भनाइ छ । स्थानीयका अनुसार २ किलो मिटर दुरिमा समेत १ सय रुपैयाँ भाडा लिदाँ यात्रुहरुले मार खेप्नुपरेको छ ।

अटो रिक्सा संचालन कार्यलाइ व्यवस्थीत बनाउने भनेर सल्लीवजारमा अटो व्यवसायीहरुको संगठन समेत निमार्ण गरेका छन् ।

अटो विक्रेता किरण अटो पार्टस्का सञ्चालक किरण पाण्डेको अध्यक्षतामा अटो व्यवसायीले समिती गठन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्