
काठमाडौं, असार १३ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सात प्रदेशमा सात मेगा जलविद्युत् आयोजना अघि बढाइने बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै उनले ठूला र राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त बजेट विनियोजन गरिएको र तराईमा भरपर्दाे सिँचाइ व्यवस्था गरिएको जानकारी दिए ।
उनले भने–‘अबदेखि कसैले झोलामा खोला राख्ने अवस्था छैन ।’
आगामी तीन वर्षदेखि विद्युत् आपूर्तिमा मुलुक पूर्णआत्मनिर्भर हुनेगरी काम भइरहेको पनि उनले बताए ।
मन्त्री पुनको जवाफमा सांसदहरु प्रेम सुवाल, देवप्रसाद तिमल्सिना, रामबहादुर विष्ट, दिलेन्द्रप्रसाद बडू, सत्यनारायण खनाल, विमलप्रसाद श्रीवास्तव र मीना पाण्डेले थप स्पष्टीकरण माग गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्