सेयरबजार सामान्य अंकले ऋणात्मक • Image Khabar Image Khabar


सेयरबजार सामान्य अंकले ऋणात्मक


Imagekhabar
१० फाल्गुन २०७४, बिहीबार २०:१२

सेयरबजार सामान्य अंकले ऋणात्मक

उतार–चढावबीच बजार परिसूचक नेप्से नगन्य अंकले रातो रहेर १३ सय ८६ दशमलव ९८ कायम भएर थामियो । उतार–चढाव हुँदै मध्याह्न उकालो लागेर १३ सय ९५ पुगिसकेको नेप्से अन्तिम समयमा पुनः ओर्लिएको हो ।

यसदिन आधाभन्दा बढी समूह रातो रहे । बिमा, होटल, लघुवित्त, जलविद्युत् र वाणिज्य बैंक समूह ओरालो लागे । बिमा समूहमा सबैभन्दा उच्च ३४ अंकको गिरावट आयो । अरु सामान्य अंकले ऋणात्मक रहे ।

उत्पादनमूलक, अन्य, विकास बैंक र वित्त समूह भने सकारात्मक रहे । उत्पादनमूलक समूहमा ४१ अंकको सुधार आयो भने अरु सामान्य अंकले हरियो रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीका १० लाख ८६ हजार कित्ता सेयर साढे ४२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्